नेपालीकाे महान चाडपर्वहरू दशैं, तिहार, र छठ नजिकिँदै गर्दा डिजिटल वालेट सेवा प्रदायक eSewa ले आफ्ना प्रयोगकर्ताहरूका लागि विशेष अफर घोषणा गरेको छ। “eSewa महा-उत्सव – NAMMI को दमि कारले हर्ष अझै बढ्छ” नामक यस अफरले चाडपर्वलाई अझै रोमाञ्चक बनाउने उद्देश्य राखेको छ। अफर अन्तर्गत प्रयोगकर्ताहरूले आकर्षक पुरस्कारहरू जित्ने मौका पाउनेछन्।
मुख्य पुरस्कार: NAMMI इलेक्ट्रिक कार
यस महा-उत्सवको प्रमुख आकर्षण भनेको नयाँ NAMMI इलेक्ट्रिक कार हो। eSewa मार्फत मोबाइल टप-अप, बस तथा हवाई टिकट बुकिङ, वा बिल भुक्तानी जस्ता कुनै पनि कारोबार गर्दा प्रयोगकर्ताहरूलाई कार जित्ने अवसर प्राप्त हुनेछ। जति धेरै कारोबार गरिन्छ, त्यति नै धेरै कार जित्ने सम्भावना बढ्छ।
रु. १०० को खेल: iPhone 16 जित्ने मौका
त्यसैगरी, eSewa ले रु. १०० को खेल पनि सञ्चालनमा ल्याएको छ। यस खेलमा सहभागी भई प्रयोगकर्ताहरूले iPhone 16 जित्ने मौका पाउनेछन्। रु. १०० तिरेर खेलमा सहभागी भएपछि २४ घण्टाभित्र उक्त रकम टप-अप रूपमा फिर्ता हुनेछ। हरेक महिना एकजना भाग्यशाली विजेताले iPhone 16 जित्नेछन्।
दैनिक Flash Flash Sale र साप्ताहिक Hot Deals हरू
अफरको अवधिभर eSewa ले दैनिक फ्ल्यास सेल र साप्ताहिक हट डिलहरू पनि सञ्चालन गर्नेछ। प्रयोगकर्ताहरूले मोबाइल टपअप, हवाई टिकट, होटल बुकिङ, तथा अन्य सेवाहरूमा विशेष छुट र क्यासब्याक पाउनेछन्। विशेष गरी मंगलबार हुने साप्ताहिक हट डिलहरूमा हवाई टिकट, इन्टरनेट बिल, र बीमा प्रिमियम जस्ता सेवामा आकर्षक छुट उपलब्ध हुनेछ। जस अन्तर्गत दैनिक निर्धारित समयको लागि फ्लयास सेलको रुपमा अफर आउने छ। उदाहरणको लागि: असोज १ गते दिउँसो २ देखि ३ बजेसम्म दिइएको प्रोमोकोड प्रयोग गरी टपअप गर्दा क्यासब्याक पाउन सक्नुहुनेछ र इसेवाका विभिन्न सेवाहरु: हवाई टिकट, इन्टरनेट बिल भुक्तानी, इस्पीकर खरिद, बीमा भुक्तानी लगायतका सेवाहरुमा अधिकतम छुट तथा क्यासब्याक पाउन सक्नुहुनेछ।
सप्राइज उपहार
यसका साथै, चाडपर्वको अवधिमा eSewa ले आफ्ना भाग्यशाली प्रयोगकर्ताहरूलाई सप्राइज उपहारहरू पनि प्रदान गर्नेछ। अफर अवधिमा हुने विशेष घोषणाहरू र अफरहरूको जानकारीका लागि प्रयोगकर्ताहरूलाई eSewa का आधिकारिक सामाजिक सञ्जालमा अपडेट रहन सुझाव दिइएको छ।
शर्त तथा नियमहरु
इसेवा महा-उत्सवको लागि शर्त तथा नियमहरू यस प्रकार रहेको छ:
१. इसेवा महा-उत्सवको सम्पूर्ण अफरहरू अन्यथा नलेखिएमा कार्तिक ३० सम्म लागु हुनेछ।
२. KYC Verified भइसकेका User तथा Agent हरूका लागि मात्र यो अफर मान्य हुनेछ।
३. कुनै पनि पक्षलाई बिना कुनै पूर्व जानकारी इसेवाले अफरको कुनै पनि सर्तहरू वा अफर नै सम्पूर्णत: परिमार्जन, परिवर्तन वा रद्द गर्ने अधिकार इसेवासँग सुरक्षित रहनेछ।
४. अफरका विजेताहरूले नेपाल सरकारको प्रचलित कानुनअनुसारको २५% TDS कर आफैंले व्यहोर्नुपर्नेछ।
५. आफ्नो नियन्त्रण भन्दा बाहिरको कुनै पनि शंकास्पद गतिविधि वा कारोबारमा प्रतियोगी तथा अफरको सर्तहरू अनुगमन गर्ने, हेरफेर गर्ने वा रद्द गर्ने सर्वाधिकार इसेवासँग सुरक्षित रहनेछ।
६. यो एक प्रचारात्मक कार्यक्रम हो र नेपालको कानून अनुसार कुनै पनि सट्टाबाज, जुवाको खेल होइन।
७. यस अफरमा सहभागी भएर प्रचारात्मक गतिविधिका लागि प्रतियोगीले आफ्नो फोटो तथा नाम प्रयोग गर्ने स्वीकृति इसेवालाई दिएको बुझिनेछ।
८. यस अफरमा सहभागी भएर सबै प्रतियोगीले अफरको सम्पूर्ण पक्ष बुझी स्वीकृति दिएको बुझीनेछ।
९. विजेता घोषणा भएको १५ दिन भित्र विजेताले पुरस्कार दाबि गर्नुपर्नेछ। यदि विजेताले एक महिना भित्रमा पुरस्कार दाबी नगरेको खण्डमा इसेवाले पुरस्कार रद्द गर्ने वा वैकल्पिक विजेता चयन गर्ने अधिकार राख्दछ।
१०. यो अफर मार्फत जितेको पुरस्कार अरुलाई हस्तानतरण गर्ने वा फर्ता हुने छैन।
११. माथि उल्लेखित पुरस्कारहरू उपलब्धताको अधीनमा रहेका छन्। इसेवासँग उपलब्ध वस्तुहरूको आधारमा समान मूल्यका वस्तुहरूसँग पुरस्कार प्रतिस्थापन गर्ने अधिकार इसेवासँग रहनेछ।